धनुषामा फेरि अर्को बलात्कारको घटना सार्वजनिक



जनकपुर : धनुषामा फेरि एक बलात्कार घटना सार्वजनिक भएको छ । एक साताअघि धनुषाको औरही गाउँपालिका वडा नम्बर २ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै फेरि १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

 

धनुषाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा प्रहरीले विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्