कोरोना महामारीमा मानव बेचबिखनको उच्च जोखिम



म सुनिता दनुवार १४ वर्षको उमेरमा बेचबिखनमा परेको थिए । जब म माथि अन्याय र अत्यचार भएको थियो तब मैले यसको विरुद्धमा निरन्तर संर्घष गर्ने अठोट गरेकी थिए जसको फलस्वरुप म मानव बेचबिखनविरुद्धमा विगत २४ वर्षदेखि क्रियाशिल रहेकी छु । यस कोरोनाको महामारीको समयमा मैले केहि कुराको महसुस र अनुभूति गरेकी छु जुन आज म तपाईंहरुको माजमा ल्याउने जर्मको गरेकी छु । आशा गरेकी छु हजुरहरुले पढेर आफ्नो प्रतिक्रिया दिनुहुने छ ।

कोरोनाले विश्वनै आतंकित भएको छ र नेपालमा पनि कोरोनाबाट २३ जनाको मृत्यु र ९०२६ जना संक्रमित भएका छन् । ३ महिनाभन्दा बढी लकडाउन भएको छ । यहाँ नेपालीहरु बिहान काममा गएर बेलुका चुलो बाल्नेको संख्या धेरै ठूलो रहेको छ जुन हामी सबैलाई थाहा छ । अहिले नेपालमा कोरोना महामारीमा गरीब र मध्यम वर्ग बढी मार्ममा परेको देखिन्छ । हिजो राणा कालदेखि नै नेपालमा मानव बेचबिखनको सुरुवात भएको हामी सबैलाई विवित नै छ । आज २१ औँ शताब्दीमा हामी प्रवेश गरि सकेको छौं तर पनि हाम्रो सोच र विचार भनेको २१ औँ शताब्दीभन्दा पछाडी नै रहेको छ किन ?

लकडाउनका कारण धेरै मारमा परेका गरीब र मध्य वर्ग नै परेको छ किन की माथिको वर्ग र नेताहरुलाई यसले कुनै प्रभाव पारेको छैन । जसको रोजगारी थियो उसले रोजगारी गुमाउनु परेको अवस्था छ भने यो समयमा हाम्रो सरकारले बजेट भाषण ग¥यो तर यस्तो वर्गलाई किन ध्यानमा राखेन ? नेपालमा मानव बेचबिखनको सुरुवात भनेको राणा कालबाट सुरु भएको देखिन्छ, त्यस समयदेखि महिला तथा बालबालिका भारतको थुप्रै शहरमा बेचबिखन हुने गरेको छ ।

१९९६ मा नेपाली समाजको सोचमा बेचबिखन भनेको महिला मात्र बेचिन्छन् र त्यो पनि इण्डियामा मात्र बेचिन्छन् भन्ने छ । तर, अहिले भनेको सिंगो मानव जाति नै मानव बेचबिखनको सिकारमा परेका छ तर हाम्रो कानुन अहिले पनि वेश्यावृद्धिमा केन्द्रीत रहेको छ यसले अन्य प्रयोजनको लागि बेचबिखन हुनेलाई समेटेको छैन ।

अब कोरोनाको प्रसंग
मानव बेचबिखन विदेशमा मात्र हैन नेपालमा पनि आन्तरिक बेचबिखन भएको छ र पचास हजारको हाराहारीमा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरी र किशोरहरुको अवस्था कस्तो छ ? कसले उनीहरुको लागत राखेको छ ? किन कि यो क्षेत्र भनेको आन्तरीक बेचबिखन मात्र नभएर बाह्रय बेचबिखनको लागि पछिल्लो समयमा ट्रान्जिट समेत बनेको छ ।

यो क्षेत्रमा धेरै संघसंस्थाले काम पनि गरेका छन् तर आज उनीहरु कुन अवस्थामा रहेका छन् भन्ने कुरा त्यो क्षेत्रमा काम गर्नेहरुलाई थाहा छ त ? यो कोरोनाको कारण नेपाल लगायत विश्वका थुप्रै देशहरुमा नेपाली कामका लागि गएका छन् र हाल कोरोनाका कारण काम नभएर बिचल्लीमा परेका छन् अब उनीहरुको अवस्था कस्तो होला ? यस विषयमा नेपाल सरकार खै संवेदनशिल भएको ? जब सुरुमा कोरोनाका कारण नेपालमा लकडाउन भयो सबैलाई लागेको थियो कि हामी आनन्दले घरमा बस्ने भन्ने तर यतिका दिनसम्म लकडाउन भए पछि धेरै जनामा मानसिक तनाव मात्र हैन धेरै मानिसहरुमा अपराधीक गतिविधीहरुसम्म उत्पन्न भएको उदाहरण हाम्रो माझमा रहेको छ जुन जाजारकोट, रुपन्देही, धादिङ लगायत विभिन्न ठाउँमा घटेका अमानविय घटनाहरु लगायत विभिन्न महिलामाथि भएका हिंसाका घटनाहरु देखेका छौं र सुनेको पनि छौं ।

यदि यो समयलाई मध्येनजर नगर्ने हो भने नेपालमा मानव बेचबिखन, मानव तस्करी र मानव दासताको अवस्था भनेको भयावह हुन सक्छ । लामो समयसम्म लकडाउन भएको कारण सबै जना घरमा नै बस्ने गरेका हुँदा महिलाहरुलाई धेरै कामको बोझ बढेको छ । यो समयमा सबै बन्द भएकोले मानव बेचबिखन गर्ने दलालहरुले यो बेलामा धेरै चलखेल गर्ने मौका पाएका हुन्छन् किन कि सबै किशोरी तथा किशोरहरुको हातमा स्मार्ट फोन छ, सबैले समय पाएका छन् र सामाजिक संजालमा कुरा पनि गर्छन् त्यसको फाइदा दलालहरुले उठाउन सक्छन् र मानव बेचबिखनको जोखिम उच्च रहेको छ । अहिलेको आवश्यकता भनेको पछाडी परेको वर्ग र युवाहरुलाई कसरी नेपालमा स्वरोजगार बनाउन सकिन्छ भन्ने नै हो । यो विषयमा नेपाल सरकारले सोचेर योजना ल्याउन जरुरी छ भने यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले पनि समय अनुसार आफ्नो रणनीतिक योजनामा समेत परिवर्तन गर्न आवश्यक रहेको छ । नेपालमा भएको मानव बेचबिखनविरुद्धको कानुनमा समेत परिवर्तन ल्याउन आवश्यक छ ।

नेपाल कृषि प्रधान देश भनेर विश्वभरी परिचित छ तर आज खाद्यन्नको लागि हामी अन्य मुलुकहरुसँग भर परेका छौं । किन अब नेपालमा आधुनीक र विषादी रहित कृषिलाई प्रथामिकतामा नराख्ने ? यदि पछाडी परेको वर्ग र युवाहरुलाई सिप तथा केहि सहुलियत दिएर कृषि सम्बन्धी उनीहरुलाई उत्प्रेरणा दिन सकेको खण्डमा मानव बेचबिखन, मानव तस्करी तथा मानव दासताको अन्त्य हुन्छ । नेपाल सरकारले पनि यो विषयमा गम्भीर भएर सोच्न अन्त्य जरुरी छ किन अहिले लोकतन्त्र आएको छ र तिन प्रकारका सरकार रहेको छ जुन स्थानिय, प्रदेश र संघिय यो तिन वटै सरकारले नेपालका नागरीक र विशेष गरी युवाहरुको स्वरोजगारकोबारेमा ध्यान दिन आवश्यक रहेको छ । यहि कुराहरुलाई मध्यनजर गर्दै सुनिता फाउण्डेशनले निम्म दृष्टिकोण, ध्येय र लक्ष्य लिएर अगाडी बढेको छ जस्मा तपाईहरुको सक्दो साथको अपेक्षा समेत गरेको छु धन्यबाद ।

दृष्टिकोण
मानव बेचबिखन, मानव तस्करी र आधुनिक दासता विरुद्धको समाज निर्माण र पीडित तथा प्रभावित महिला, बालबालिका र युवाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनैतिक रुपले सशक्तिकरण गर्दै लैजाने जहाँ हरेक नागरीकले सम्मानपूर्ण जीवन जिउन पाउनेछन् ।

ध्येय
मानव बेचबिखन, मानव तस्करी लगायत आधुनिक दासताका पीडित, प्रभावितको संरक्षण, सम्बद्र्धन साथै मानव बेचबिखनको उच्च जोखिममा रहेका युवाहरुको क्षमता अभिवृद्धि गराउनुको साथै उनीहरुको शिक्षा, स्वस्थ्य,आर्थिक सशक्तिकरण र वकालतमा जोड दिने जसको फलस्वरूप उनीहरु बिभिन्न राष्ट्रीय र अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य गरी मानव बेचबिखन, मानव तस्करी लगायत आधुनिक दासतालाई अन्त्य गर्न सक्रिय रुपमा लाग्ने छन् ।

लक्ष्य
मानव बेचबिखन तथा मानव तस्करीलाई रोकथाम र नियन्त्रण गर्नुको साथै पीडित तथा प्रभावित महिला, बालबालिका र युवाको अधिकार सुनिश्चित गर्ने र उनीहरुको स्वतन्त्र भई समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार निर्माण गर्ने जहाँ कोही पनि नागरिक मानव बेचबिखन, मानव तस्करी, आधुनिक दासता र बिभिन्न हिंसा रहित जिवन व्यतीत गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्