चर्चित र्‍यापर सुदिन पोख्रेलको नयाँ गीत ‘संवृद्धि’ (भिडियो)



काठमाडौं : चर्चित र्‍यापर तथा गायक सुदिन पोख्रेलको नयाँ गीत ‘संवृद्धि’ सार्वजनिक भएको छ । गीतमा अनन्त कोइराला र गायक सुदिनकै शब्द रहेको छ । सन्देश परियारले निर्माणमा तयार गीतको भिडियोमा सुदिन आफै फिचर्ड छन् । पोख्रेलको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई सिद्धार्थ र दीपेशले निर्देशन गरेका हुन् ।

गीतमार्फत नेपालमा विद्यमान समस्या र बेथिति माथि व्यंग्य गरिएको छ । गीतले एउटा न बोल्न पाइने न स्वतन्त्र रूपमा देशको नागरिक भएर बाँच्न सकिएको छ भन्दै विदेशी हस्तक्षेप, सीमा अतिक्रमण, बेरोजगारी, बिदेशिनुको पिडा लगायत कुरालाई प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्