पर्साको जिराभवनी गाउँपालिकामा प्रसुती गृह निर्माण नहुँदा स्थानियलाई सास्ती



वीरगन्जः सहरी विकास तथा भवन कार्यालय पर्साले जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैयामा २०७१ सालमा बर्थिङ्ग सेन्टर (प्रसुती गृह) भवन निर्माण शुरु गरेको ६ वर्ष बित्दा पनि अहिलेसम्म निर्माण कार्य पुरा भएको छैन ।

१ करोड ५४ लाखको लागतमा निर्माणको ठेक्का सकार गरेको अजम्बर शिवाराम कन्स्ट्रक्शन जेभी दोलखाले तोकिएको म्याद भित्र बर्थिङ्ग सेन्टरको भवन निर्माण नगरेपछि अहिले बर्थिङ्ग सेन्टर अलपत्र अवस्थामै रहेको छ ।

बर्थिङ सेन्टर निर्माणको लागि स्थानीय रामचन्द्र महरा चमारसंग ५ कट्ठा जग्गा लिईएको थियो । चमार सँग जग्गा लिएर उनलाई २ कट्ठा जग्गा सोधभर्ना गरिएको छ । तर अस्पताल समयमै नभन्दा स्थानियलाई विजोग नै भएको छ ।

गर्भावती महिलालाई प्रसुती गराउँन अत्यन्तै समस्या हुने गरेको छ । सेढवा र वीरगन्ज बाहेक यहाँ प्रसुती गराउँने सेन्टर छैनन्, बाटो घाटोको पनि समस्या छ सोधभर्नामा जग्गा उपलब्ध गराएका चमारले भने, प्रसुती गृह निर्माणको लागि धेरै नै पहल ग¥यो तर अहिले सम्म बनेको छैन ।

सम्झौता पश्चात निर्माण कार्य शुरू भएको बर्थिङ्ग सेन्टर सन्चालनमा आएपछि चमारलाई रोजगार दिने आश्वासन दिइएको थियो । हाल चमार कहिले बर्थिङ्ग सेन्टर निर्माण होला र काम पाउँला भन्ने आशामा छन् ।

वडाध्यक्ष दारासिंह राउत थारुले भवन समयमै निर्माण गर्ने बारे सम्बन्धीत निकायमा बारम्बार ध्यानाकर्षण गराइएको तर कुनै सुनवाइ नभएको बताए । निर्माण समयया अवधिमा बर्थिङ्ग सेन्टरको काम प्राय जसो ठप्पै थियो उनले भने, ठेकेदार नराम्रो परेका कारण नै अहिलेसम्म काम पुरा नभएको गुनासो गरे ।

२०७६ सालमा भवनको दोश्रो तल्ला बनाएर छाडिएको थियो । तर अहिले सम्म बर्थिङ्ग सेन्टर नबन्दा र बाटोघाटो सही नभएर कयौं भर्वावतीको गर्भ तुहिएको उनले बताए ।

उनले भने, बर्थिङ्ग सेन्टर निर्माण भएको भए यस्तो समस्या आउँनेवाला थिएन । बारम्बार ताकेदा गरेकै छौ । ठेकेदार कम्पनी कारवाहीमा परेका हुनाले भवन कार्यालयले अर्को ठेक्का लगाउँने प्रकृया शुरु गरेको छ ।

भवन कार्यालय पर्साका सूचना अधिकृत अमरेन्द्र कुमार झाले बर्थिङ्ग सेन्टर निर्माणको ठेक्का लिएका ठेकेदारले भवन निर्माणमा लापरवाही गरेका कारण नै एक बर्ष पहिला सम्झौता तोडेर नयाँ ठेक्का लगाउँने प्रकृया अगाडी बढाएको बताए ।

उनले भने, २०७१ सालको जेष्ठ १८ गते २ बर्षमा भवन निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।

सम्झौता गरेपनि निर्माणमा लापरवाही गरेका कारण बारम्बार मौखित तथा लिखित चेतावनी दिदाँ समेत कुनै सुनवाई नगरेपछि सार्वजनिक खरीद ऐन अन्तरर्गत कालो सूचीमा राखेर कारवाहीको प्रकृया अगाडी बढाईएको हो ।

२०७१ जेष्ट २८ गते दुईतले बर्थिङ्ग सेन्टर निर्माणको लागि १ करोड ५४ लाख १८ हजार ७८६ रुपैयामा अजम्बर शिवराम कन्स्ट्रक्शन जेभी दोलखाले भवन कार्यालयबाट ठेक्का सकार गरेको थियो । भवन कार्यालयले बर्थिङ्ग सेन्टर निर्माणको लागि २ करोड १ लाख ४ हजारको ठेक्का आह्वान गरेको थियो ।

तर अजम्बर शिवराम कन्स्ट्रक्शन जेभी दोलखाले भवन कार्यालयले आह्वान गरेको टेन्डरमा ४६ लाख कम बिलोमै ठेक्का सकार गरेको थियो । ५ कठ्ठामा २४ कोठे भवन निर्माणको ठेक्का लिएको ठेकेदारले भवन खडा गर्ने बाहेक अन्य केहि काम भएको छैन ।

अजम्बर शिवराम कन्स्ट्रक्शन जेभीको लापरवाहीले भवन कार्यालयले यसअघि नै सम्भौता, पटेर्वा सुगौली, जिगडवा बेलविछवा स्वास्थ्य चौकी भवन र भेडिहारीमा रहेको उप स्वास्थ्य चौकी निर्माणको सम्झौता तोडेको थियो ।

सम्झौता अनुसार काम नगरेकोले पटक पटक म्याद थप गर्दा पनि समयमै निर्माण नगरेकोले सम्झौता तोडेर भवन कार्यालयले कारवाहीको प्रकृया अगाडी बढाएको सूचना अधिकारी झाले बताए ।

प्रतिक्रिया दिनुहोस्