अमेरिकामा बिकु क्षेत्रीको ‘जाऊँ हिँड’



काठमाडौं : कलाकार बनेर नाम, सम्मान कमाउने सपना  देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन् । जहाँ भए पनि आफ्नो कला, संस्कृतिप्रति अति नै माया र सम्मान छ भन्ने कुरा नेपालीभाषी भुटानीले अमेरिकामा देखाएका छन् । नेपाली संगीत र सिनेमामा उनीहरूको योगदान रहँदै आएको छ ।

अहिले अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी भुटानी कलाकारमध्येका एक हुन् बिकु क्षेत्री । सुमधुर स्वरका धनी यी गायकले केही दिनअघि आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘जाऊँ हिँड’ बोलको यस गीतमा उनको स्वर छ भने शब्द रविन बिष्टको छ । डम्बर खापुङले संगीत गरेको यस गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ । 

रमाइलो ठाउँमा सुट गरिएको यस गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् ।  सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय छ । नवीन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन् । पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्