रोनाल्डोको गोल, युभेन्ट्सको सहज जित



एजेन्सी : क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । महामारीका कारण रोकिएको सिरि एमा पहिलो खेलमा युभेन्ट्सले बेलोग्नालाई २–० गोल अन्तरले हराएको हो ।

खेलमा रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । म्याथिज डी लिटलाई स्टेफानो डेन्सविलले फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । ३६ औं मिनेटमा पाउलो ड्याबालाले गोल गर्दै जित दिलाए ।

जितसँगै युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा छ । बेलोग्ना ३४ अंकसहित १० औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्