घट्यो सुनको मूल्य



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ ।

सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्