नेपाल धितोपत्र बोर्डले दियो २ वटा कम्पनीलाई आइपिओ विक्रीको अनुमति



काठमाडौंः नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासन तथा बिक्रीको अनुमति दिएको छ ।

बोर्डले अजोड इन्स्योरेन्स कम्पनी र साधना लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्नको अनुमति दिएको हो ।

साधना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

इक्रा नेपाल लिमिटेडले कम्पनीको आइपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ । आइपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ ।

आइपिओ निष्काशनका लागि कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

इन्स्योरेन्सको आइपिओको प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गरेका छन् । इन्स्योरेन्सको चुक्तापूँजी ७० करोड रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्तापूँजी १ अर्व हुने बताइएको छ ।

केयर रेटिंङस नेपालले कम्पनीको आइपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो । ग्रेड ४ ले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको बताउँछ । जनरल इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ ।

कम्पनीले ३० लाख कित्ता आइपिओ निष्कासनका लागि आवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्