ऋतिकका लागि तमन्नाले ‘नो किस’ कन्ट्रयाक तोड्ने



एजेन्सी : ‘बाहुबली’ फेम्ड नायिका तमन्ना भाटियाको फिल्मको कन्ट्रयाकमा ‘किस नगर्ने’ क्लज हुन्छ । तर, उनी बलिउड सुपरस्टार ऋतिक रोशनका लागि भने आफूले अहिल सम्म नतोडेको कन्ट्रयाक तोड्न तयार भएकी छिन् । ऋतिकसँग भने उनी किस सिन दिन पनि तयार रहेकी छिन् । यसको कारण चाहि तमन्नाको मनपर्ने नायकमा ऋतिक पर्छन् ।  

हालै च्याट शो फेमसली फिल्मफेयर (तमिल) को एक एपिसोडमा तमन्नाले भनिन्, ‘यदी ऋतिकसँग काम गर्न पाएँ भने म ‘नो किस’ नियम तोड्न तयार छु ।’ उनले अहिले सम्म कुनै नायकसँग किस सिन गरेकी छैनन् । उनले नायकसँग किस नगर्ने शर्तमा मात्र फिल्म साइन गर्ने गर्छिन् । 

तमन्नाले अगाडि भनिन्, ’म पर्दामा चुम्बन सिन गर्दिनँ । खासमा यो मेरो अनुबन्धको एक हिस्सा हो । तर, म आफ्नो साथीहरुसँग मजाकमा ऋतिकसँग काम गर्न पाए किस सिन गर्न तयार छु भन्ने गर्छु । र, वास्तवमै म उनीसँग किस सिन गर्न तयार छु ।’ ऋतिकको उनी ठूलो प्रशंसक हुन् ।

 

हालै आफ्नो फेभरेट नायकसँग तमन्नाको भेट भएको थियो । उनले भनिन्, ‘मेरो पहिलो पटक उनीसँग भेट भएको हो । उनलाई भेट्ने समयमा म निकै उत्साहित र नर्भस पनि थिएँ । र, आफूलाई १६ वर्षकी कुनै युवती महशुस गरिरहेको थिएँ ।’ उनले ऋतिकसँग काम गर्ने आफ्नो सपना रहेको पनि बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस्