‘आन्दोलन शान्त गरेर राखेका छौं बिर्सेका छैनौ, सरकार समयमै सचेत हों’-जसपा पर्सा



वीरगन्जः सरकारले नागरिकता ऐन संसोधन विधेक अघि सारेको विरोधमा जनता समाजवादी पार्टी पर्साले वीरगन्जमा विरोध प्रर्दशन गरेको छ ।

भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।

जनता समाजवादी पार्टी पर्साका नेता कार्यकर्ताले वीरगन्जको घण्टाघरमा मंगलबार दिउँसो प्रदर्शन गरेका थिए । मधेसीमाथि अत्याचार बन्द गर, महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन, रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन, नागरिकता बाट बन्चित गर्न पाईदैन, नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित नेताहरुले प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले सरकारले चरणबद्ध रुपमा मधेस र मधेसीमाथि अत्याचार र अन्याय गरीरहेको आरोप लगाए । उनले मधेसीले आफनो आन्दोलन गर्ने तरिका शान्त गरेर राखेको छ बिर्सेको छैन, यदी सरकारले आगोमा लुत्तो बाल्ने काम गरी उकास्न खोजे पुन मधेसमा आगो बन्न समय नलाग्ने चेतावनी दिए ।

यो वीरगन्जको भुमिका हो, आफनो अधिकारको लागि आन्दोलनको रुप दिएर ६ महिना नाका बन्द गरेर आन्दोलन गरेको थियो, उनले भने,‘२०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त भएको अधिकारलाई कुठाराघात गरी महिलाको हक अधिकार कुण्ठित गर्न खोजिएको हो ।’
अध्यक्ष यादवले नेपाली पुरुषले विदेशी महिला संग विहे गरेर आएको सात वर्षपछि अंगिकृत नागरिकता दिने जुन बन्देज लगाउने प्रयास गरिएको छ, यो मधेसीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । सरकारको यो गलत निर्णय तुरुन्त फिर्ता गर्नुपर्छ ।

नागरिकता ऐन संशोधन गरे मधेसी र महिलाको अधिकारको खोस्न पाईदैन उनले भने, बेटीरोटी तथा सनातन धर्मबाट राम सिता विवाहको समय देखि नै भारत र नेपालको जुन सम्बन्ध रहेको छ त्यो सम्बन्ध माथि सरकारले कुठाराघाट गर्न खोजे हामीलाई स्वीकार्य हुन सक्दैन ।

उनले विदेशबाट विवाह गरी आउँने महिलाले अझ बढी लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता भोग्नु पर्नेछ र तिनका सन्तानहरुले पनि दुखद स्थिति भोग्नु पर्ने भएकोले यस्ता मधेश बिरोधी नागरिकता संशोधन विद्येयक खारिज गर्नु पर्ने बताए । उनले तत्काल नागरिकता संशोधन ऐन खारिज नगरिए मधेशमा आगो बल्ने चेतावनी समेत दिए ।

विरोध प्रर्दशनमा जनता समाजवादी पार्टीका नेता सुन्दर कुर्मी, शिव जि सोनी, तबरेज आलम, राजेशमान सिंह, शशिकपुर मियाँ, पुरुषोत्तम झा, जगदीश पटेल, राजेश साह, रामचन्द्र पंडीत, रम्भा मिश्रा, मुन्नी श्रीवास्त, मोनिका सिंह, रेखा साह, ओम प्रकाश सर्राफ, किशोर यादव लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्