सुशान्तकी प्रेमिकाको आलियाका पितासँग यस्ता तस्बिर बाहिरिए



एजेन्सी : सबैलाई चकित पार्दै सुशान्त सिंह राजपुतले आइतबार मुम्बइमा रहेको बान्द्रा अपार्टमेन्टमा आत्माहत्या गरे । उनको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।

मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ।

सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन् । केहि दिन अगाडी केटिएम दैनिकले भारतीय संचारमाध्यम पिंकभिल्लाई आधार मानेर आलिया भट्टको बुबा महेश भट्टले रिहालाई सुशान्तबाट टाढा हुन अनुरोध गरेको कुरा लेखेको थियो ।

महेशले नै सुशान्त डिप्रेशनमा रहेकोले रिहालाई आफ्नो घर जान भनेका थिए । सुशान्तले आफुलाई कसैले मार्न लागेको महशुश गर्न थालेकोले रिहालाई अप्ठ्यारो पर्छ भनेर घर पठाएका थिए ।

अहिले महेश र रिहाको तस्विरहरु भाइरल भइरहेको छ । जस्मा उनीहरुबीचमा धेरै आत्मियता रहेको देख्न सकिन्छ । यसबारेमा उनीहरुको आधिकारिक धारणा भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्