बिल्बाओलाई हराउँदै बार्सिलोना शिर्षस्थानमा



एजेन्सी : बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ ।

गएराति भएको खेलमा एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा फर्किएको हो ।

बार्सिलोनालाई जिताउन ईभान राकिटिचले निर्णायक गोल गरे । ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् ।

रियल मड्रिडले बुधबार मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ ।

शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंक सहित दशौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्