सुनको मूल्य अहिलेसम्मकै उच्च, आज कति पुग्यो ?



काठमाडौं : आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्