जर्मनीमा एकैपटक एक हजार पाँच सय नयाँ सङ्क्रमित थपिए



एजेन्सी : कोरोना सङ्क्रमितहरूको सङ्ख्या अनपेक्षित बढेपछि जर्मन अधिकारीहरूले उत्तरी रैन–वेष्टफेलामा पुनः लकडाउन गरेका छन् । सङ्क्रमणबाट करिब पाँच लाख व्यक्ति प्रभावित भएका छन् ।

बीबीसीका अनुसार मासु प्याकिङ्ग गर्ने एक प्लान्टमा कार्यरत करिब एक हजार पाँच सय कामदारमा कोरोनाको सङ्क्रमणको पुष्टि भएपछि दुई जिल्लामा लकडाउन गरिएको छ । राज्यका प्रिमियर अरमिन लासेटले नियन्त्रणका उपायहरू अपनाइएको बताए । जुन ३० सम्म लकडाउन लागू हुनेछ ।

राज्यका स्वास्थ्य मन्त्री कार्ल जोसेफ लेमनले जनसङ्ख्यालाई सुरक्षित राख्न लकडाउन आवश्यक रहेको बताउँदै सतर्क रहन आग्रह गर्नुभयो । जर्मनीले प्रकोपलाई नियन्त्रणमा लिन चालेको कदमको सराहना गरिएको थियो । तर फेरी सङ्क्रमणको तरङ्ग चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्