पतन्जलीद्वारा कोरोनाको औषधि बनाएको दाबी, भारत सरकारद्वारा आपत्ती



एजेन्सी : चर्चित भारतीय कम्पनी पतन्जलीले कोरोनाको औषधि बनाएको दावि गरेपछि विश्वव्यापीरुपमै हलचल मच्चिएको छ । भारत सरकारले त्यो दावि प्रति आपत्ति जनाउंदै पतन्जलीलाई कोरोनासंग सम्वन्धित कुनै पनि औषधिहरुको विक्री वितरण नगर्न र विज्ञापन नगर्न समेत चेतावनी दिएको छ ।

पतन्जलीका मालिक बाबा रामदेवले मंगलवार आयोजित पत्रकार सम्मेलनमा आफूहरुले तयार गरेको औषधिले सात दिनभित्र कोरोना पूर्णरुपमा ठीक हुने दावि गरेका थिए । नयां औषधिको नाम कोरोनिल राखिएको छ । २८० जना कोरोना संक्रमितमा गरिएको अनुसन्धानबाट सो औषधिको शतप्रतिशत प्रभावकारीता पुष्टि भएको पत्रकार सम्मेलनमा बाबा रामदेव र आचार्य बालकृष्णले गरेका थिए ।

त्यस लगत्तै त्यहांको आयुष (आर्युवेद) मन्त्रालयले पतन्जलीले कुनै पनि प्रकारको अनुमति नलिएको र सरकारी प्रकृया पुरा नगरेको स्पष्ट पार्दै त्यो औषधिको विज्ञापन गर्न र विक्री वितरण गर्न रोक लगाएको छ । ‘पतन्जलीले कुनै पनि सरकारी प्रकृया पुरा गरेको छैन । कुनै पनि निकायबाट अनुमति लिएको छैन । त्यसले उसको औषधिको विक्री वितरण र विज्ञापन गर्न रोक लगाएको छ’ आर्युवेद मन्त्री श्रीपद नाईकको भनाइ उदधृत गर्दै भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्