कुरिनटारमा ट्यांकर र भ्यान ठोक्किँदा ३ जनाको मृत्यु, चारजना घाइते



चितवन : चितवनमा बुधबार दिउँसो मारुती भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।

 

पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, कुरिनटार, केबलकारनजिक पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ गइरहेको दूध बोक्ने बा१घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

 

दिउँसो १२ः४० बजेतिर भएको दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन । उनीहरुको शव भरतपुर ल्याइएको छ ।

 

दुर्घटनामा परी चारजना घाइते भएका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्