क्वारेन्टाईनमा खानेपानी मन्त्रालयको शौचालय बनाउने तयारी



काठमाडौंः खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाईनमा शौचालय बनाउने तयारी भएको छ ।

गत साताको मन्त्रिपरिषद बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति संख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ ।

अहिले मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा छलफल भैरहेको छ ।

(कोभिड-१९) को संक्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् ।

उनका अनुसार अधिकांश क्वारेन्टिन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने एकाथरिको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्