नेविसंघका विद्यार्थीले त्रिवि उपकुलपतिको कुर्सी जलाए



काठमाडौंः नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिए ।

नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिष्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थक मात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।

नेविसंघको विश्वविद्यालय इकाइका अधयक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको प्रतिक्रिया दिए । उनले भने,‘तालाबन्दी गर्न जाँदा मिस बिहेब भएछ, आक्रोशित विद्यार्थीले भीसीको कुर्सी पनि जलाए छन् ।’

प्रतिक्रिया दिनुहोस्