अमेरिकामा २६ हजार कोरोना संक्रमित थपिए



एजेन्सी : सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ ।

विश्वका २ सय १५ मुलुकका ९५ लाख १६ हजार ८७६ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकामा मात्र कोरोना भाइरसका कारण १ लाख २४ हजार २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट प्रभावित देशमा अमेरिकापछि ब्राजिल, रसिया, भारत र बेलायत बढी संक्रमित राष्ट्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्