भारतमा कोरोनाबाट एकैदिन ४२४ जनाको मृत्यु



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ सय २४ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १६ हजार ८ सय बढी संक्रमित भएका छन् । भारत कोरोनाबाट विश्वमा चौथो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

भारतमा कोरोनाबाट हालसम्म ४ लाख ७२ हजार संक्रमित भएका छन् भने १४ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । २ लाख ७१ हजार उपचारपछि निको भएका छन् । १ लाख ८६ हजार उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्