ब्राजिलमा एकैदिन १ हजार भन्दाबढिको कोरोनाबाट मृत्यु



एजेन्सी : ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट बुधबार एक हजार १ सय ३ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ४० हजार कोरोना भाइरसबाट संक्रमित भएका छन् । ब्राजिलमा कोरोनाबाट विश्वमा दोस्रो धेरै प्रभावित देश हो । पहिलो नम्बरमा अमेरिका ।

ब्राजिलमा कोरोनाबाट हालसम्म ११ लाख ९२ हजार संक्रमित भएका छन् भने ५३ हजार ८ सय ७४ जनाको मृत्यु भएको छ । ६ लाख ४९ हजार उपचारपछि निको भएका छन् । ४ लाख ८८ हजार उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्