मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा



मलेसिया : मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।  प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ । 

 

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल पर्नुभएको थियो । जेल सजाय भोगेका उहाँ वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा हुनुभएको हो । 

 

उहाँ गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी हुनुभएको छ । सो विजयसँगै उहाँलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ । 

 

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो । 

 

सोही सहमति बमोजिम नै उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उहाँ महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।  यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गर्नुभएका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताउनु भएको थियो । 

 

तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उहाँलाई काराबासको सजाय दिइएको थियो । महाथिरको सरकार बनेपछि उहाँ रिहा हुनुभएको हो । 

भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ । 

प्रतिक्रिया दिनुहोस्