मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा नवौं नम्बरमा उक्लिए



एजेन्सी : एसियाकै धनी व्यक्ति मुकेश अम्बानी पहिलोपटक विश्वको सर्वाधिक १० धनीहरुको सूचीमा पर्न सफल भएका छन् ।

ब्लुमबर्ग बिलेनाएर इन्डेक्सले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार ओरेकलका ल्यारी एलिसन र फ्रान्सकी लोरियल प्रमुख फ्रेन्सोइज बेटेनकर्ट मेयेर्सलाई पछि पार्दै अम्बानीले ९ औँ स्थान हासिल गरेका हुन् ।

भारतको सबैभन्दा मूल्यवान् मानिने कम्पनी रिलायन्सका प्रमुख कार्यकारी अधिकृत अम्बानीको कूल सम्पति ६४.५ अर्ब डलर पुगेको छ ।

शिर्ष दशमा पर्ने सफल अम्बानी एसियाका एक मात्र व्यक्ति हुन् । अम्बानीको रिलायन्स, तेल र ऊर्जाको कम्पनी, रिटेल पसल, मोबाइल, ब्रोडब्यान्ड, डिजिटल प्लटेफर्मले विश्वभर राम्रो बजार पाइरहेको छ ।

अम्बानीको कोरोना महामारीको कारण भएको लकडाउनमा धेरै आम्दानी गरे । हालै अम्बानीले रिलायन्सको डिजिटल प्रविधि जिओमा लगानी गरेको तीन महिनामै १६.५ अर्ब डलर आम्दानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्