कोरोना प्रभाब : अष्ट्रेलियाली ध्वजावाहकले छ हजार कर्मचारी कटौती गर्दै



एजेन्सी : अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक ‘कन्टास’ विमान कम्पनीले कोरोनाभाइरसका कारण छ हजार कर्मचारी कटौती गर्ने भएको छ । बीबीसीका अनुसार उक्त कटौती कन्टास विमानमा कार्यरत कुल कर्मचारीको करीब २० प्रतिशत हो ।

कन्टासले विश्वब्यापी हवाई यात्रामा आएको भारी गिरावटले आर्थिक नोक्सानी बढेको जनाएको छ । गत् साता मात्रै अष्ट्रेलियाली सरकारले सीमा क्षेत्रमा लगाइएको प्रतिबन्ध आगामी वर्षसम्म हुनसक्ने प्रक्षेपण गरेको थियो । सरकारले आगामी अक्टोबर महिनासम्म न्युजिल्याण्ड बाहेकका सबै अन्तर्राष्ट्रिय सेवा रद्द गर्न निर्देशन दिएको थियो ।

बिहिबार कन्टास हवाई कम्पनीका कार्यकारी प्रमुख एलन जोइसले आगामी तीनवर्षसम्म विमान सेवामा भारी कटौती हुने र त्यसले थोरै कमाई हुने बताएका छन । एक वक्तब्यमा उनले कर्मचारी र सेवा कटौतीको असर हजारौं सर्वसाधारणमा पर्ने उल्लेख गरेका छन ।

अर्बौं डलरको क्षति बेहोरेर पनि दीर्घकालीन रुपमा थुप्रै कर्मचारीको सेवा सुरक्षित राख्न थोरै मात्र विकल्प दिएको कार्यकारी प्रमुख जोइसले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्