तानसेनमा भत्कियो घर



पाल्पा : तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ ।

अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताए ।

प्रनानि नेपालीका अनुसार घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्