सुशान्त सिंह राजपूतको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, फाँसी लगाउँदा निधन



काठमाडौं : गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नौ घरमा झुण्डिएको अवस्था फेला परेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

मुम्बई प्रहरीलाई प्राप्त फाइनल रिपोर्ट सुशान्तले फाँसी लगाउँदा निधन भएको पुष्टि भएको छ ।

पाँच जना डाक्टरको टिमले रिपोर्ट हेरेर विश्लेषण गरेका थिए । रिपोर्टमा सुशान्तको मृत्युको कारण ‘Aspecia Due To Hanging’ भएको उल्लेख छ ।

बलिउड अभिनेता सुशांत सिंह राजपूतले गरे आत्महत्या

मुम्बई प्रहरी अब भिसेरा रिपोर्टको पर्खाइमा छ । मानिसको मृत्युपछि मृत्युको कारण पत्ता लगाउनका लागि शरीरका केही आन्तरिक अंगलाई सरक्षित राखिन्छ । जसलाई भिसेरा भनिन्छ ।

त्यसोत सुशान्तको मृत्यु घाँटी थिचेर मारेको भन्ने प्रश्न पनि उठेका छन् । तर, सार्वजनिक गरिएको पोस्टमार्टम रिपोर्टमा भने त्यस्तो देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्