विश्वभरि सङ्क्रमित हुने ९४ लाखभन्दा बढी, चार लाख ८२ हजारको मृत्यु



एजेन्सी : विश्वका ९४ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार हालसम्म चार लाख ८२ हजार १०९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

विश्वविद्यालयका अनुसार बिहिबार बिहानसम्म ९४ लाख पाँच हजार ८०० जना कोरोनाभाइरसका सङ्क्रमति दर्ता गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभाबित भएको छ ।

अमेरिकामा सङ्क्रमित हुने २३ लाख ८० हजार ४५२ पुगेको छ । ब्राजिल र रुस अमेरिकापछिको सबैभन्दा बढी प्रभाबित राष्ट्र हुन् । भारत चौथो सबैभन्दा बढी प्रभाबित राष्ट्र हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४२ हजार ७२५ जना नयाँ सङ्क्रमित थपिएका छन् । एएफपीका अनुसार विज्ञहरुले छोटो अवधिमा लकडाउन खुकुलो बनाइनुले सङ्क्रमण तीब्ररुपमा वृद्धि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्