दसैँमा रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति स्थागित



काठमाडौं : कोरोनाभाइरसका कारण नेपालका हरेक क्षेत्र संकटमा पारेको छ । तीन महिनादेखि जारी लकडाउनका कारण यतिबेला चलचित्र हलहरु बन्द छन् । प्रदर्शन मिति तोकिएका चलचित्रहरुको प्रदर्शन रोकिएको छ भने छायंकन भइरहेका चलचित्रको छायांकन स्थगित छन् ।

त्यस्तै झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ पनि यो वर्षको दसैँमा रिलिज गर्ने तयारी गरिएको थियो । चलचित्रको ३० प्रतिशतभन्दा बढी छायांकन सकिएको यस चलचित्रको लकडाउनका कारण ३ महिनादेखि चलचित्रको छायांकन स्थागित भएको छ । कोरोना भाइरसको कारण चलचित्रको छायांकन बिचमै रोक्नु परेको थियो ।

निर्माण टिम भने लकडाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिए काम सुरु गर्ने तयारीमा छन् । तर, अब चलचित्र दसैँमा प्रदर्शनमा नआउने भएको छ । पछिल्लो समय चलचित्र हलहरु बन्द छन् भने कहिलेबाट सञ्चालनमा आउछन् त्यो पनि निश्चित छैन । त्यसैले पनि निर्माण पक्षले चलचित्रलाई दसैंमा प्रदर्शन नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्