बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक नागरिक रातारात करोडपति



एजेन्सी : अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति भएका छन् ।

कुल १५ किलो तौल भएका दुई वटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् ।

ण्ज्ञघघभोलि ठूलो भोज हुन्छ,’ लाइजरले बीबीसीलाई भने । तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ ।

यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् । यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ ।

यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ ।

लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए ।

यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३.३ किलोग्राम थियो ।

प्रतिक्रिया दिनुहोस्