लागूऔषध कारोबार गरेको आरोपमा ललितपुरका प्रहरी निरीक्षक शाही पक्राउ



काठमाडौं : लागूऔषध कोरोक्सको कारोबारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्ष पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोले निरीक्षक रुद्रबहादुर शाहीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

बुधबार ब्युरोले पेप्सिकोलास्थित एक घरबाट ६ सय ५० बोतल कोरोक्स बरामद गरेको थियो ।

लागूऔषधसहित पक्राउ परेका एक युवकलाई सोधपुछ गर्ने क्रममा प्रहरी निरीक्षक शाहीले नै ओसारपसार गरेको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।

युवकले प्रहरी निरीक्षक शाहीले नै सो लागूऔषध आफ्नो कारमा ल्याएर त्यहाँ छाडेको खुलाएका थिए ।

इन्स्पेक्टर शाही नियमित त्यहाँ जाने र आफू पनि लागूऔषध सेवन गर्ने खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्