गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा लिने जर्मन सरकारको चाहना



काठमाडौंः प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका महामहिम राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीले आइतबार भेट गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । 

भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए । भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए ।

उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्तिलगायतका विषयमा जिज्ञासा राखेका थिए । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । 

प्रतिक्रिया दिनुहोस्