मह सञ्चारको प्रस्तुतिमा ‘माया लाउन सजिलो’ गीत सार्वजनिक (भिडियो)



काठमाडौं : लकडाउनको समयलाई सदुपयोग गर्दै केही कलाकर्मीहरुले सामाजिक दुरी कायम गर्दै छोटा चलचित्र, सिरिज, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै मह सञ्चारको प्रस्तुति ‘माया लाउन सजिलो’ गीत सार्वजनिक भएको छ ।

गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ र गायिका कोमल वलीको स्वर रहेको छ । यस गीतमा उत्तम संजेलको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई भने सम्पादन यमन श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्