विराटनगरमा स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु


विराटनगर : विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले करिब ४०–४५ वर्षीया पैदल महिला यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।

त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको डीएसपी गिरीले बताए । पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको गिरीले जानकारी दिए । उनले दुर्घटनामा परेर मृत्यु भएपनि पहिचान नखुलेका दुई जनाका बारेमा थप सोधीखोजी गरेर बुझ्ने काम भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या