उदयपुरमा अनलाइन शिक्षण प्रभावकारी


गाईघाट : उदयपुर जिल्लाको अधिकांश निजी तथा आवासीय विद्यालयहरुले शुरुआत गरेका अनलाइन शिक्षण प्रभावकारी हुन थालेको छ । असार महिना शुरु हुनासाथ जिल्लाका अधिकांश ती विद्यालयहरुले सो प्रविधिबाट घरघरमा बसेका बिद्यार्थीलाई शिक्षण प्रक्रिया शुरु गरेका थिए । विद्यार्थी अनलाइन शिक्षाप्रति निकै आकर्षित हुन थालेको सम्बन्धित विद्यालय शिक्षक शिक्षिकाहरु बताउँछन् ।

त्रियुगा नगरपालिका–११ गाईघाट प्याराडाइज स्कुलका प्राचार्य बाबुराम आचार्यका अनुसार आफूहरुले जेठ महिनादेखि नै अनलाइन विधिबाट घरघरमा बसेका विद्यार्थीहरुलाई शिक्षण कार्य शुरु गरेको र अहिले प्रत्येक कक्षाका असी प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनलाइन शिक्षामा संलग्न रहेको बताए ।

शुरुमा अनलाइन शिक्षण शुरु गर्दा पाँच प्रतिशत विद्यार्थीहरु मात्र सहभागी भएको भए पनि अहिले दैनिक अनलाइन शिक्षामा संलग्न हुने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए ।

पिसजोन एकेडेमीले पनि असारको शुरुदेखि नै आफ्ना विद्यालयमा आबद्ध विद्यार्थीहरुका लागि अनलाइन शिक्षा शुरु गरेपछि अहिले सत्तरी प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन शिक्षामा आबद्ध भएको विद्यालयका सहायक प्राचार्य प्रभात कर्ण जानकारी दिए । शुरुमा पाँच प्रतिशत विद्यार्थीमात्र अनलाइन शिक्षामा सहभागी भए पनि दश दिनभित्र यो सङ्ख्या वृद्धि भएर सत्तरी प्रतिशत पुगेको समेत उनले बताए ।

गाईघाट क्यान्भास एकेडेमी स्कुल कक्षा ९ की छात्रा अस्मिता थापा अनलाइन पढाइको विषयमा आफू सन्तुष्ट रहेको र सबै पढेका विषयहरु आफूले प्रस्ट बुझ्ने गरेको बताउँछिन् । उनले भन्नुभयो “अहिले विद्यालयका सरहरुले हामी कक्षा ९ का विद्यार्थीहरुलाई गणित, विज्ञान,अङ्गे्रजी लगायतका विषयहरु अनलाइनबाट पढाइ रहनुभएको छ, घरमै अनलाइनमा बसेर सबै कुरा बुझिरहेका छौँ, अनलाइन पढाइबाट सन्तुष्ट छौँ ।”

त्रियुगा नगरपालिका–४ बगाहाका जयन्ता खड्काले अनलाइन शिक्षा प्रभावकारी नै देखिएको बताए । निजी विद्यालयहरुको सङ्गठन प्याब्सन तथा एन प्याब्सन उदयपुरका अनुसार अहिले जिल्लामा एक सय दशवटा निजी तथा आवासीय विद्यालयहरु रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या