चन्द्रागिरि केबलकार दसैँमा पनि चल्ने



चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रबर्द्धित चन्द्रागिरि केबलकारलगायतका अन्य सेवा दसैँ बिदाका सम्पूर्ण दिनमा सञ्चालनमा आउने भएको छ ।

 

दैनिक काममा व्यस्त रहने दर्शनार्थी एवं आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर बिदाको दिनमा सेवा दिने निर्णय गरेको चन्द्रागिरि हिल्स व्यवस्थापनले जनाएको छ ।

 

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्