२४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण



काठमाडौं : पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ४ सय ३३ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक–एक जना रहेका छन । यस्तै काठमाडौंका व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यसमा सुर्खेत वीरेन्द्रनग नगरपालिकाका १२ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका, जुम्लाको सिंजा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एक–एक जना रहेका छन ।

शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७ सय २० पुगेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्