प्रदेश २ः पछिल्लो २४ घण्टामा ७४ संक्रमित थपिए,संक्रमितको संख्या ३ हजार २९०,१ हजार ३९१ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश न.२ मा पछिल्लो २४ घण्टामा ७४ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित भएकाहरु रौतहटका ४०,धनुषाका १५,सप्तरीका ८,सिरहाका ६,सर्लाहीका २,महोत्तरीका २ र बाराका १ जना रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय ९० पुगेको छ । संक्रमित मध्ये ३ हजार ९२ पुरुष र १ सय ९८ जना महिला रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

संक्रमण पुष्टी भएकाहरु रौतहटको ईशनाथ नगरपालिकाका ३१ जना,मोतिपुरका १ जना र गढीमाई नगरपालिकाका २ जना रहेका छन् भने ६ जनाको ठेगाना खुल्न सकेको छैन् । त्यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १२ जना, धनुषाधाम नगरपालिकामा २ जना र क्षिरेश्वरनाथ नगरपालिकामा १ जनामा संक्रमण पुष्टी भएको छ । सप्तरीको तिरहुत गाउँपालिकामा ३ जना र छिन्नमस्ता गाउँपालिकामा ५ जना, सिरहाको जे.एस.मुरारका क्वारेन्टाइन लहानका ६ जना,महोत्तरीको सम्सी गाउँपालिकामा २ जना, सर्लाहीको विष्णु गाउँपालिकामा २ जना र बाराको सिम्रौनगढ नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेशभरीमा शुक्रबारसम्म ४१ हजार ५ सय २४ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार २ सय ९० जना संक्रमित भएका छन् भने ३२ हजार ९ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ५ हजार ४ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज (शुक्रबार) मात्रै २ सय ३२ जनाको स्वाब संकलन गरिएको छ भने १ सय ११ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
आरडिटी तर्फ अहिलेसम्म १९ हजार ५ सय १३ जनाको परीक्षण गरिएकोमा ९ सय ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १८ हजार ५ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार १० बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ६ हजार ८ सय ५६ जनालाई राखिएको छ भने १८ हजार ३९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ६ सय ९६ बेड क्षमताको आईसोलेशनमा ८ सय ४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीमा ६ सय २३,महोत्तरीमा ५ सय ६६, धनुषामा ३ सय ३०, सप्तरीमा १ सय ७१, सिरहामा १ सय ६१, पर्सामा १ सय ५६ र बारामा १ सय ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय २४ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सर्लाहीका १ सय जना,बाराका १७ जना र महोत्तरीका ७ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए । योसँगै हालसम्म यस प्रदेशका १ हजार ३ सय ९१ जना संक्रमित डिस्चार्ज भएर आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्