सेनाले खरिद गरेको किट प्रयोगमा नआएको सुन्दा दुःख लाग्यो : सेनाका प्रवक्ता पाण्डे



काठमाडौं : नेपाली सेनाले खरिद गरेको २८ हजार किट प्रयोगमा आएन भन्ने सुन्दा दुःख लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका प्रवक्ता पाण्डेले बताए । तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दुःखी बनाएको उनले बताए ।

‘सेनाले के–के सामग्री चाहिन्छ भनेर सोधे पनि ‘स्पेसिफिकेसन’बारे छलफल नभएकाले अहिले समस्या आएको छ ।’ उनले भने–‘स्पेसिफिकेसनमा मागेकोभन्दा फरक किट आएको भए शुरुमा स्वास्थ्यले हामीलाई भन्नुपर्थ्यो । त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ ।’

सेनाले ल्याएका किट सेटमा मात्रै प्रयोग गर्न मिल्ने देखियो । सेटको किटलाई भिटिएम र आरएनए एक्स्ट्रयाक्सन फरक–फरक हालसम्म नेपालमा प्रयोग गरिँदै आएको आरएनए एक्स्ट्रयाक्सन टिक, भिटिएम र पीसीआर रिएजेन्ट सबै आरटी पीसीआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका छन् ।

देशको कुनै पनि भागमा पठाएको ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन गरि जहाँ पनि परीक्षण गर्न सकन्छ । तर, सेनाले ल्याएको एक्स्ट्रयाक्सन टिक ओम्नीले ल्याएको मेसिनमा मात्र प्रयोग गर्न मिल्छ । तर, ती मेसिन काम नलाग्ने भए थन्एिका छन् ।

प्रतिक्रिया दिनुहोस्