स्याङ्जामा १२ महिने बालकसहित २२ जनामा कोरोना संक्रमण



स्याङ्जा : स्याङ्जामा शनिबार बिहान १२ महिलने बालकसहित २२ जना कोरोना संक्रमण भएको पुष्टि भएको छ । अर्जुनचौपारी गाउँपालिकाका मात्र १९ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माका अनुसार अर्जुनचौपारी गाँउपालिकाका १९ जनामध्ये १२ महिने बालकसहित ९, २७, ३६, १८, ३०, २५, २२, ३८, ३८, २२, ४१, ८ वर्षीय पुरुष र २०, १२, २५, २९, १०, १४ वर्षीया महिला छन् ।

यसैगरी, पुतलीबजार नगरपालिकाका ४२ वर्षे, बिरुवा गाउँपालिकाका २३ वर्षे र वालिङका २६ वर्षे पुरुष पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट स्याङजा आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका थिए । जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माकन अनुसार उनीहरुलाई जिल्लाको आइशोलेसनमा राखिने भएको छ।

शनिबार थपिएकासँगै स्याङ्जामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्