भरूवा बन्दुकसहित बागलुङमा एक जना पक्राउ



बागलुङः बडिगाड गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

बडिगाड गाउँपालिका-७ माजखर्कका दलबहादुर बुढालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार उनको साथबाट एकनाले भरुवा बन्दुक र अन्दाजी ४० ग्राम बारुद र गोली बनाउन प्रगोग हुने १२ थान सीसासमेत बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्