सेयर बजार खोल्नेबारे भोली निर्णय हुने



काठमाडौंः नेपाल धितोपत्र बोर्डले भोलि सेयर बजार कहिले र कसरी खोल्ने भन्ने निर्णय गर्ने भएको छ ।

कारोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण बन्द रहेको सेयर बजारको विषयमा आइतबार बस्ने बोर्डको सञ्चालक समितिले निर्णय गर्ने भएको हो ।

बोर्डका सहप्रवक्ता रुपेश केसीले बोर्ड बैठकले यसबारे थप निर्णय गर्ने बताएका छन् । मुलुकमा लकडाउन सुरु भएपछि सेयर बजार बन्द भएको थियो।

बीचमा केही समय खुलेको शेयर बजार पुनः बन्द भएपछि यसलाई कसरी खोल्ने भन्ने विषय अध्ययन समिति गठन गरिएको थियो । समितिले सेयर बजार कहिले खोल्ने, कसरी खोल्ने, समय कसरी मिलाउने भन्ने बारेमा प्रतिवेदन तयार गरेको उनले बताए ।

उक्त अध्ययन प्रतिवेदनको विषयमा आइतबारको बोर्ड बैठकमा छलफल हुँनेछ । केसीले भने, ‘आइतबारको बैठकले सेयर बजारलाई कहिले र कसरी खोल्ने भन्ने बारेमा केही निर्णय गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्