बेवारिसे फेला परेको शवमा कोरोना पोजेटिभ



दाङः दाङमा मृत्यु पश्चात कोरोना पोजेटिभ देखिएको शवको शनिबार ब्यबस्थापन गरिएको छ ।

बेबारिसे अबस्थामा फेला परेकी एक बिरामी महिलाको गएको बुधबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी ति महिलाको शब नेपाली सेनाले शवको व्यवस्थापन गरेको हो ।

घोराहीको ट्राफिक चोकमा रहेको चौतारीमा भेटिएकी ती महिलाको प्रतिष्ठानमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।

उनको शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । घोराही उपमहानगरपालिकाको सहकार्यमा उक्त शव ब्यबस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्