‘कोरोना भाइरस रिमुभिङ कार्ड’ बनेको छैनः स्वास्थ्य मन्त्रालय


काठमाडाैँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ ।

अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड–१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्रयोग गरेकाले त्यसो नगर्न आग्रह गरे। उनले त्यस किसिमको कार्डलाई सरकारले स्वीकृत नदिएकाले भ्रममा नपर्न समेत अनुरोध गरे।

उनले जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलबाड हुने गरी यस्तो किसिमका गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए। “भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा लगाउने बित्तिकै कोभिड– १९ लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ”, मन्त्रालयका प्रवक्ता गौतमले भने, “यस किसिमको भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । कोभिड–१९ रोक्न यस्तो किसिमको विधि र प्रक्रिया नै शुरु नभएको व्यहोरासमेत जानकारी गराउँछौँ ।”

उनले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका वैज्ञानिक रातदिन विभिन्न खोज गरिरहेकाले त्यो खोज पत्ता लाग्ने बित्तिकै स्वास्थ्य मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरुको संयन्त्रसमेत रहेको जानकारी दिए।

उनले भाइरस रिमुभिङ कार्डका नाममा कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने व्यापार गर्ने प्रयोगका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिको घाँटीमा विभिन्न तरिकाले झुक्याउने र प्रचारबाजी गर्ने देखिएकामा मन्त्रालय चिन्तित रहेको बताए।

उनले त्यस किसिमका कार्डमा प्रयोग भएको रसायनले मुटु, फोक्सो, कलोजो लगायतका अङ्गमा असर गरी स्वास्थ्यमा गम्भीर असर पार्ने समेत बताए। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला