सिद्धबाबामा पहिरोले सडक अवरुद्ध



बुटवल : लगातारको वर्षाका कारण सिद्धबाबा नजिकै पहिरो गएपछि आज बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूणरुपमा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विहान करिव ६ बजे पहिरो खसेपछि अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी , स्यास्जा जिल्लातिर सवारी साधन तल्लो सिद्धबावामा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्