जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली



जनकपुर : जनकपुरस्थित राजदेवी मन्दिरमा १४ हजार ९ सय ९७ बोकाको बली दिइएको छ । बुधबार साँझ साढे ७ बजे पछि सुरु भएको बली बिहान साढे ३ बजेसम्म चलेको थियो । 

 

महाअष्टिमाको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । स्थानीय महाविर युवा कमिटि, गणेश युवा कमिटि, राम युवा कमिटिले बोका बलीको व्यवस्थापन गरेका थिए । बुधबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेको भिड लागेको थियो ।

राजदेवी मन्दिरमा बोकाको बली दिन ४ ठेहा तोकिएको थियो । बलि दिन युवा कमिटीका करिब ५ सय स्वयंसेवक परिचालन भएका थिए । बली चढाइएको बोका खुला रुपमा लिएर जाँदा राति जनकपुरको सडक बोकाको रगतले लत्पतिएको थियो ।

प्रतिक्रिया दिनुहोस्