सुनको मूल्य अहिलेसम्मकै उच्च



काठमाडौं : आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेसँगै सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्