स्वास्थ्य सेवामा एम्बुलेन्स थपिँदै


कैलाली : टीकापुर अस्पतालमा केही पहिले बिरामीका लागि सहज रुपमा एम्बुलेन्स सेवा थिएन । आपत्कालीन अवस्थामा बिरामीलाई उपचारका लागि धनगढी, कोहलपुर र नेपालगञ्ज पुर्याउनुपर्दा बाहिरबाट एम्बुलेन्स मगाएर बिरामीको उद्धार गर्नुपर्ने अवस्था थियो । केही बिरामीले एम्बुलेन्सको पर्खाइमै ज्यान गुमाउनुपर्ने बाध्यता रहे तापनि पछिल्लो समय अवस्था फेरिएको छ ।

टीकापुर नरगपालिकामा मात्र हाल सात तथा जानकी गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको छ । नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा सञ्चालित एम्बुलेन्स पनि टीकापुर अस्पतालमै रहने गरेको छ । वर्षमा एकदेखि दुई एम्बुलेन्स अस्पतालमा थप हुँदै गएका छन् । टीकापुर अस्पतालका मात्रै दुई एम्बुलेन्स सञ्चालनका अवस्थामा छन् भने एउटा एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर, भूपू सैनिक टीकापुर, योगाश्रम टीकापुर, सामुदायिक स्वास्थ्य विकास तथा जागरण कार्यक्रम टीकापुर र नेपाल रेडक्रस सोसाइटी पथरैया उपशाखाद्वारा गरी सात एम्बुलेन्स टीकापुर अस्पतालमा रहने गरेका छन् ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अस्पतालमा एउटा एम्बुलेन्स कोइका र अर्को सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको बताउँदै अस्पतालका लागि अब अ शव वाहन आवश्यक रहेको बताए ।

‘हामीसँग शव वाहनको खाँचो छ’, अध्यक्ष रावलले भने, ‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आएका छौंँ ।’ उनले अस्पताल क्षेत्रमा एम्बुलेन्स सेवा थपिनाले आकस्मिक सेवा दिनुपर्ने बिरामीलाई तत्काल अन्य अस्पताल रेफर गर्न सहज भएको बताउँदै बिरामीले चर्को शुल्क तिर्नुपर्ने बाध्यता समेत हटेको स्पष्ट गरे ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुर रक्त सञ्चार संयोजक टेकराज बिनाडीले टीकापुर नगरपालिकाले रेडक्रसलाई एम्बुलेन्स सहयोग गरेसँगै काम गर्न सहज भएको बताए । उनका अनुसार टीकापुर नगरपालिकाले सञ्चालन गरेको गर्भवती महिलालाई ‘होम टु हस्पिटल’ कार्यक्रमका लागि समेत एम्बुलेन्स सेवा प्रभावकारी भएको छ । ‘नगरपालिकाको गर्भवती महिलालाई होम टु हस्पिटल कार्यक्रम प्रभावकारी भएको छ’, संयोजक बिनाडीले भने, ‘टीकापुरमा एम्बुलेन्स थपिने क्रम जारी छ । त्यो टीकापुरबासीका लागि नै राम्रो कुरा हो । यसले स्वास्थ्य सेवालाई झनै प्रभावकारी बनाउँछ ।’

त्यसैगरी सत्ती कर्णाली सामुदायिक वनले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कैलालीकै नमूना सामुदायिक वनका रुपमा स्थापित सत्ती वनले त्यस क्षेत्रका नागरिकलाई उपचार लिन सहज होस् भनी एम्बुलेन्स सेवा सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताए । सामुदायिक वनले १० वर्षअघि पनि एम्बुलेन्स सञ्चालन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला