बाह्रबिसेमा पिसिआर उपकरण उपलब्ध गराइदिने पूर्वमन्त्री बस्नेतको प्रतिबद्धता


सिन्धुपाल्चोक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राखेका छन् ।

उनले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाए । कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षाअनुसार काम हुनु नसकेको भन्दै उनले नेपालमा कोरोना सङ्क्रमण देखिएको महिनौँ बितिसक्दा पनि एक तिहाइ जिल्लामा पनि पिसिआर प्रविधिबाट स्वाब परीक्षण गर्ने व्यवस्था हुन नसकेकाले जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएको बताए ।

उनले हालसम्म विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टिनको व्यवस्था हुन नसकेको, सङ्क्रमणको आशङ्का भएकाहरुको स्वाब परीक्षण समयमा हुन नसकेको, कन्ट्याक्ट ट्रेसिङमा उचित ध्यान नगएको, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता नभएको, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने काम नभएको, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको लगायतका कारणबाट कोरोनाको जोखिम बढेको आरोप समेत लगाए ।

पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका उनले यसअघि पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थासँग मिलेर जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको र सो कार्य अझै जारी रहेको बताए । साथै उनले आफ्नै पहलमा जिल्लाभरि ६१३ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरेका थिए ।

साथै नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी नौदिने सुत्केरी सावित्री तिमिल्सिना चालिसेका नवजात शिशुलाई पौष्टिक आहारका लागि रु एक लाख नगदको प्रबन्ध र १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने एवं त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणासमेत गरेका थिए । अब एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बीमा गरिदिने क्रममा रहेको उनले उल्लेख गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या