‘सन्जु’-एकपात्री



समयको दौड प्रतियोगितामा सहभागी म आजकाल समयलाई सदुपयोग गर्न हरप्रयास कटिबद्ध भएर लागेको छु । साच्चै त्यो दौडमा न घाम, न पानि, न रगत, न पसिना सिर्फ एउटा कुरामा सम्झौता गर्नु परेको छ त्यो हो निन्द्रा । आजकाल शरीरका हरेक पार्टले रेष्ट पाएको छ । बाँकि येहि आँखाले तरेर मलाई मेरो निन्दहाराम गरेको छ । बिचरा यो आँखा रसाउँदै आँसु खसि रहन्छ सायद यसले क्रन्दन गरेको छ । होस् त्यो आँखा रसाउँदै गरोस् बस ’मन चैन त जग चैन..!’

कुरा पनि के के सोच्दो रहेछ यो दिमागले नि !

जुरुक्क वेडबाट उठेर बोतलको पानि पिए र फेरि उहि तालमा निन्द्राको सामिप्यतामा डुबुल्की मार्न हर सम्भव प्रयास जारि राखेको थिए ।

रातिको १:२० भएको छ ।

केहि बेर अगाडि एउटा इमेल आएको थियो त्यस्को नोटिफिकेसन थोप्लो त्यहि जिमेल एप्स माथि झुन्डिएको अवस्थामा थियो लाग्थ्यो आत्महत्या गर्न खोज्दै छ । एता मोबाईलको दायाँ पट्टीको बट्टममा नोटिफिकेसनको संग्या दिदै पिल्क पिल्क गरेर मेरो निन्द्रा भङ्ग गर्दै थियो ।

भयो अब यसरी हुन्न ..!

उठे कोलाहल मनलाई शान्त पार्ने उपाय एकमात्र त्यहि थियो । इमेल अफिस्कै होला भन्दै मनभित्रै कुरा काट्न थाले, सराप्दै पनि थिए ।

एसो हेरेको “सन्जु“ नामबाट एउटा इमेल आएको रहेछ । त्यो नाम पढ्दै गर्दा मैले मेरा ४ कक्षा देखि १२ कक्षा सम्म आउँदा बनाएका केटि साथिहरुको नाम सम्झे । अहँ पटक्कै यो नाम सुनिएको थिइन । नाम पनि कसरि सम्झनु जहाँ केटि साथिको नाममा ७/८ जना भन्दा बढि बनाएकै छैनन् । मन मनै हाँसे ।

कस्तो नेट ..! एता नाम सम्झि सके पनि जिमेल खुल्न नसकेर धुमि रहेको छ । जसरि गुच्चा नचाएर छोडेको जसरी .. ।

मन मनै टैट् कस्तो साला नेट भन्दै, फेरि नेटलाई अन अफ गर्न भन्दै म बेडबाट उठ्नै लाग्दा मोबाईल स्क्रिन खुल्यो ।

सन्जु थर त्यहाँ उल्लेख थिएन एक भारि म्यासेज छ । लाग्छ कसैले लेख पढेर प्रतिक्रिया दिनुहोस् न भनेको जस्तो ..!

कस्तो फसाद !

तैनि मन शान्त बनाउन पढ्न सुरु गरे ।

“प्रिय पाठक, न्यायको सम्झना म हजुरको लेख पढ्ने गर्छु । सम्वत म हरेक लेख पढ्ने गर्छु। तपाईलाई सामुन्नेबाट नदेखे पनि तपाईंका हरेक शब्दले मेरो मनमा कौतुहलता संगै नजिकि चाहना बढाएको छ ।“

ति शब्द पढ्दै गर्दा लाग्यो कतै म भ्रममा त छैन ।भर्खर लकडाउने गर्दा समयको प्रयोग गर्न आफ्ना मनको भावलाई जानि नजानि शब्दको सहारा दिइरहेको थिए । केहि पल आफ्नै जिन्दगी संगको घटनालाई आलेखमा रुपान्तरण गर्न हरसम्भव प्रयास गरेका थिए । के रहेछ थप पढ्न उसका शब्दहरुले माँग गरिएको थियो । हेर्दा लामो भएनि शब्दको बनावटले मन प्रफुल्लित बनाएको छ । खुल्दुलीको सिमा नाघ्नै आटेको छ । उसका शब्दले भनि रहेको छ ।

“तपाईका लेख अन्तर्गतको ’प्रिय आँखा’ र ’लकडाउनमा लक भएको मन’ मेरो मानसपटलमा अझै मानचित्रमा छ । तपाईको अर्को लेख ’स्विकार गर्न सक्छौँ त ..!’ पढेर भावुक भएको सायद पहिलो चोटिनै हो । त्यति मात्र कहाँ हो र । तपाईलाई मैले रिक्वेस्ट पठाएको पनि आज १ हप्ता बढि भएको छ । तपाईका प्रोफाईल दिनहुँ जस्तो हेरिरहने गर्छु । तपाईका शब्दमा म आफुलाई विम्बमा राखेर तौलिने गर्छु । म हजुरको शब्दको सहारा संगै आफ्नो प्रेमको कल्पना गर्ने गर्छु । तपाईको हरेक पोडकास्ट मेरो रात्री निन्द्राको सिलिपिङ्ग ट्याबलेट भएको छ ।“

यो अन्तिम वाक्य सम्म आउँदा मन बहकिएको पत्तो नै भएन लाग्थ्यो मनभित्रै उनले ठाउँको माँग गरिरहेकि छिन् । व्याक ग्राउण्डमा रोमान्टिक संगित बजिरहेको थियो “ तेरा चेहेरा …“ फिमेल भर्सनमा अङ्किता मिश्रको। एका तिर पत्रका हरेक शब्दले मलाई कौतुहलता जगाईरहेको छ भने अर्कातिर संङ्गितको धुनमा मन पग्लिएको छ । मेरो मन जति चाडै पग्लने गर्छ त्यति नै सचेत र चनाखो भएर सोच्ने पनि गर्ने गर्छ । मुटुको धड्कन पनि बढ्दै गएको छ ।

सन्जु नामक रिक्वेस्ट आएको होला भनेर हत्त न पत्त फेसबुक खोले । खोले ति करिब २०र२५ वटा नोटिफिकेसन साथै १० वटा म्यासेजको पर्बाह नगरि फ्रेन्ड रिक्वेस्ट चेक गरे करिव ९२० जनामा उ कतै हराएकि छ । अब एक हप्ता अघि पठाएको रिक्वेस्ट चेक कसरि गर्ने ? के लेख्ने के भन्ने म बिचल्लीमा थिए ।

एक मनले सोच्यो कि कतै रजनिसको त काम हैन् ? जहिले जिस्कने गर्छ ।

कि कतै फेक जिमेल बनाएर मलाई मेरो धैर्यताको परिक्षा त लिई रहेको छैन् ।

होईन ..! त्यस्को त्यति आँट छैन, कि यो यथार्थ चिठ्ठि हुनु पर्छ कि कसैको बकम्फुसे मजाकको म राम्रै जोक्कर बन्दै छु ।

समयको गतिलाई पनि ध्यान पुर्याउनुपर्ने छ । बिहान समयमा उठेर भोलिको अफिसको काम सकाउनु पनि छ । मनलाई फकाउँदै थिए ।

त्यतिकैमा होस् आयो कतै उसले मलाई डाइरेक्टर म्यासेज त पठाएको छैन् । म हुस्सु मान्छे हु । थुप्रै अरपरिचित को म्यासेज आईरहने गर्छ त्यसैले म त्यति ध्यान दिन्न !

तर आज खोल्न आवश्यक छ । मलाई खोज्न छ “ सन्जु’ जसले मेरो यथार्थमा आफुलाई राखेकि छ । जस्को शब्दमा म आफुलाई भेटिरहेको छु । सायद उ अरु कतै नभई यहि भेट्टिनै पर्छ …!

प्रतिक्रिया दिनुहोस्