सलह रोकथामका लागि दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस



काठमाडौं : नेपाल प्रवेश गरेको सलह किरा रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सरकारलाई सिफारिस गरेका छन् ।

आइतबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षमा भएको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सो सिफारिस गरेका हुन् । उनीहरुले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जान सेमत सुझाव दिएका छन् ।

बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माका अनुसार छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ ।

साथै सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने निर्णय भएको पूर्व महानिर्देशक शर्माले बताए ।

यीबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्